रोल्पा प्रदेशसभा-१ मा माओवादीका महरा निर्वाचित

रोल्पाको प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा निर्वाचित भएका छन् । 

महराले १९ हजार ४२५ मत ल्याई विजयी भएका छन् । महराका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कमलबहादुर बुढाथोकीले पाँच हजार चारसय पाँच मत प्राप्त गरेका छन् । महराले १४ हजार २० मतको अन्तरले बुढाथोकीलाई पराजित गरेका हुन् । यो प्रदेशसभा निर्वाचन क्षेत्रमा राप्रपाका पदमबहादुर थापा तेस्रो भएका छन् । 

जम्मा एक लाख ४५ हजार चारसय ७१ मतदाता रहेको रोल्पामा ६७ हजार चारसय ३७ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *