दोलखामा मत गणना गर्न माग गर्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् । कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दल र माओवादीको भ्रातृ संस्था वाइसिएलले दोलखामा आज अपरान्ह मसाल जुलुस र नारावाजी गरेका हुन् ।
मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भए पनि दोलखामा मतगणना भएको छैन । मतपेटिका चरिकोट ल्याएर राखिएको छ । नेकपा एमालेले दोलखाका ५ ठाउँमा बुथ कब्जा भएकोले पुन:निर्वाचन गराउन माग गरेको थियो । मतगणना नहुँदा दिनदिनै दोलखामा नाराबाजी हुँदै आएको छ ।







