विश्वप्रकाशका लागि तेश्रो प्रयासमा खुल्यो संसद्को ढोका, झापा–१ बाट भारी मतले विजयी

झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा विजयी भएका छन् । अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका उनका लागि तेश्रो प्रयासमा संसद्को ढोका खुलेको हो । उनले एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गर्दै पहिलो पटक संसदीय राजनीतिक यात्रा तय गरेका हुन् ।

एमालेको प्रभाव क्षेत्र मानिने झापा १ मा कांग्रेसले २३ वर्षपछि जितेको हो । २०५६ को मध्यावधि चुनावमा कांग्रेसका नरेन्द्र विक्रम नेम्वाङले जितेका थिए ।

पार्टीभित्र प्रभावशाली युवा नेताको छवि बनाएका शर्माले ३९ हजार ६२४ मत पाउँदा खरेलले २५ हजार ३४९ मत मात्रै पाए ।शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग यसै क्षेत्रबाट पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *