

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५९९ रुपैयाँ ८० पैसालाई आधार मानेर यसको मूल्य समायोजन गरेको हो ।
समायोजनपछि यसको भाउ प्रतिकित्ता ५२१ रुपैयाँ ५७ पैसा कायम भएको छ । बिहीबार यसै मूल्यलाई आधार मानेर यसको कारोबार सुरु हुनेछ ।
कम्पनीले मंसिर १८ गते वार्षिक साधारण सभा बोलाएको छ । जसका लागि कम्पनीले बिहीबार (मंसिर ८ गते) बुक क्लोज गर्दैछ । त्यसैले, आजसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
Artha Sanjal
अर्थ सन्जाल