आज पनि सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक २.६२ अंकले घटेर १८९७.०८ बिन्दुमा ओर्लिएको छ ।
यता, सेन्सेटिभ परिसूचक १.१२ अंकले घटेर ३७०.१९ बिन्दुमा ओर्लिएको छ ।
नेप्सेमा सूचीकृत २४६ कम्पनीको २० लाख ८७ हजार ८७६ कित्ता सेयर किनबेच हुँदा ७२ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्से सूचक घटेसँगै आज पनि कारोबार रकम घटेर करोडमा सीमित भएको छ ।
यसदिन कारोबार भएकामध्ये ८१ कम्पनीको मात्र सेयर मूल्य बढेको छ, भने १०८ कम्पनीको सेयरमूल्य घटेको छ । १७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।







