अर्थ सन्जाल
१६ चैत्र २०७९, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१६ चैत्र २०७९, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सातौँपटक निर्वाचित देउवासँग डडेल्धुरा र देशवासीका अपेक्षा

  • अर्थ सन्जाल
  • ७ मंसिर २०७९, बुधबार १८:००


सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि जित हासिल गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराका जनताले ठूलो अपेक्षा गरेका छन् । डडेल्धुरामा अपेक्षाकृत विकास र बेरोजगारी समस्या हटाउन प्रधानमन्त्री देउवाको पहल रहनेमा जिल्लावासी आशावादी छन् ।

पाँच पटक प्रधानमन्त्री बनेका र भावी प्रधानमन्त्रीको रुपमासमेत हेरिएका देउवासँग जिल्लावासीले मेडिकल कलेज, विमानस्थल, पश्चिमसेती परियोजना, नमूना बजारका लागि व्यवस्थापन, व्यवस्थित सहरीकरण योजना, ग्रामीण सडकको कालोपत्र र स्तरोन्नति, सिँचाइ र खानेपानीमा सबैको पहुँचका साथै गुणस्तरीय शिक्षा र बेरोजगारी तथा उद्योग, कलकारखाना निर्माणका लागि आशा गरेका छन् ।

साथै पर्यटकीय हबका लागि परशुराम, उग्रतारा, कोलासमैजी, गन्याप, भागेश्वर, डागेश्वरीसम्म धार्मिक पर्यटक भित्र्याउनका लागि होमस्टे निर्माण गरी धार्मिक करिडोरका रुपमा विकास गर्नुपर्ने, आत्मनिर्भरताका लागि आधुनिक शिक्षा स्वास्थ्यको पहल गरी विकास गर्नुपर्नेमा उनीहरुको जोड छ । 

डडेल्धुराबाट सातौँ पटक निरन्तरका चुनाव जित्दै आएका देउवाले अब युग सुहाउँदो विकासका लागि पहल गर्नुपर्ने अजयमेरु– १ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले बताए । वैदेशिक रोजगारमा जाने युवालाई स्वदेशमै रोक्नका लागि उद्यमशीलतालाई जोड दिनुपर्ने र आधुनिक कृषिखेतीमा किसानलाई सहुलियत एवं अनुदानमा उनको जोड छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सातौँ पटक बाह्र हजार चारसय ९२ मतान्तरले जित हासिल गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार कूल ५१ हजार दुई सय तीन मतमा देउवा २५ हजार पाँच सय ३४ मतका साथ विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मतमात्र प्राप्त गरेका थिए । अर्का उम्मेदवार नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्लले  सात हजार पाँच सय ३५ मत ल्याए। उनलाई नेकपा (एमाले) ले समेत समर्थन गरेको थियो । 

देउवाको जीवनी

देउवा २००३ साल जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस-५ मटेला, रुवाखोलामा जन्मिएका हुन् । विसं २०१७ देखि राजनीतिमा लागेका देउवा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको पहिलो निर्वाचित अध्यक्षसमेतभएका थिए । उनी विसं २०३६ को जनमत सङ्ग्रहदेखि नेपालका पटक पटकका विद्यार्थी आन्दोलनमा अग्रपङ्क्तिमै रहेर प्रजातन्त्रका पक्षमा लडेका थिए । नेपाली कांग्रेसका सभापति देउवा २०४८ सालको आम चुनाव डडेल्धुराबाटै विजयी भएका थिए ।

त्यसपछि उनी २०५१ र २०५६ सालको संसदीय चुनाव, २०६४ र २०७० सालको संविधानसभा चुनाव तथा २०७४ सालको संसदीय चुनावमा डडेल्धुराबाटै जित हासिल गर्दै आएका छन् । सातौँ पटक पनि डडेल्धुराका मतदाताको सहयोगमा जित हासिल भएको कांग्रेसका जिल्ला सचिव शेरबहादुर भण्डारीले जानकारी दिए। 

पछिल्लो समय नेपालको राजनीतिमा युवाप्रति आकर्षण बढ्दो देखिएको छ । चुनावमा पनि युवाले उम्मेदवारी दिएका ठाउँमा मतदाता आकर्षित भएको देखिन्छ तर यस जिल्लामा भने यहाँका नागरिकले सातौँ पटक पनि देउवालाई नै रोजेका छन् । त्यसैले पनि अब देउवाले मुलुकका युवाका लागि केही गर्नुपर्छ । उनले डडेल्धुराका मात्र नभएर देशभरको युवा वर्ग नै प्रेरित हुने गरी विकासको अभियानलाई अघि बढाउनुपर्छ । नेपाली सर्वसाधारण नागरिकले पनि विकासको अनुभूति हुने गरी आधुनिक प्रविधि र शिक्षामा जोड दिनुपर्छ र उनका अबको पार्टी तथा सरकारको नेतृत्वले युवामैत्री विकास र शिक्षाको पहल थाल्नुपर्छ ।  विसं २०७८ मा भएको कांग्रेसको १४ औँ महाधिवेशनबाट शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो पटक कांग्रेसको सभापति बने । पार्टीमा पनि युवाको नेतृत्वको खुबै बहस र चर्चा भएकै थियो तर पनि देशभरका कांग्रेसका प्रतिनिधिले देउवामा नै पार्टीको भविष्य देखे र उनलाई निर्वाचित गरे । देउवा पाँच पटकसम्म यो मुलुकको प्रधानमन्त्री भइसकेका छन् । विसं २०५२ भदौ २६ गते पहिलोपटक प्रधानमन्त्री बनेका देउवा पछिल्लो पटक विसं २०७८ असार २९ गते माओवादी लगायतका वामपन्थी दलहरुको सहकार्यमा प्रधानमन्त्री बने। यसरी देशमा राष्ट्रिय एकताको आवश्यकता परेका बेला उनी सबैलाई मिलाएर सहमति र सहकार्यको सरकार निर्माण गर्नसक्ने क्षमता राख्छन्।

प्रधानमन्त्री देउवा समयमै निर्वाचन गराउने जिम्मेवारी कुशलतापूर्वक बहन गर्दै आएका छन् । यसअघि विसं २०७४ को आमनिर्वाचन सम्पन्न गराए । केही समयमात्र अघि नेपालको पहिलो गणतान्त्रिक संविधान जारी भएको थियो र त्यसप्रति कतिपय मधेस केन्द्रित दल र नेताहरुले संविधानप्रति नै असन्तुष्टि व्यक्त गरेर निर्वाचनमा सहभागी नहुने बताएका थिए तर तत्कालीन प्रधानमन्त्री देउवाले विभिन्न चरणमा ती दलहरुसँग वार्ता गरे र निर्वाचनका लागि तयार पारे। सकुशल रुपमा आमनिर्वाचन भयो । उनले नै करिब तीन दशकदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन पनि सम्पन्न गराए जुन सराहनीय काम थियो ।

करिब छ महिनाअघि देशमा स्थानीय तहको निर्वाचन भयो त्यो पनि एकैचरणमा । पहिलो पहिले स्थानीय तहका निर्वाचन विभिन्न चरणमा गराउने गरिन्थ्यो तर यसपटक भने देशैभरि एकै दिन गत वैशाख ३० गते शान्तिपूर्ण र सफलतापूर्वक निर्वाचन सम्पन्न भयो । त्यतिबेला पनि सरकारले निर्वाचन सार्छ कि या समयमै निर्वाचन सम्पन्न हुन्छ या हुँदैन भन्ने विभिन्न अडक्लबाजी थिए तर त्यसको विपरीत देउवा सरकारले समयमै चुनाव सम्पन्न गर्‍यो । प्रदेशसभा र प्रतिनिधिसभाको यो निर्वाचन पनि देउवा सरकारले समयमै र शान्तिपूर्ण रुपमा एकैदिन सम्पन्न गराउन सफल भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम आउने क्रम जारी छ । हुनत यो अहिले नै भन्नु हतार हुनसक्छ तर पनि यो परिणाम हेर्दा कुनै एउटै पार्टीले स्पष्ट बहुमत हासिल गरेर सरकार निर्माण गर्नसक्नेजस्तो अवस्था देखिँदैन । कांग्रेस सभापति देउवा देशका वामपन्थीदेखि सबै राजनीतिक शक्तिलाई एकताबद्ध गरी उनीहरुसँग राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नसक्ने क्षमता राख्छन् । अब यो निर्वाचनपछि पनि देशमा यस्तै प्रकारको सहमति निर्माण र कायम गरी अघि बढ्नसक्ने वातावरण उनीबाट निर्माण हुने अपेक्षा नेपाली जनताले गरेका छन् । त्यसैले उता डडेल्धुराका आफ्ना मतदाताहरुका अपेक्षासँगै यता देशवासीले गरेको यो आशा र अपेक्षा पनि उनले मनन गर्नुपर्ने देखिन्छ ।

Artha Sanjal
मिती : ७ मंसिर २०७९, बुधबार १८:०० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’

सरकारी कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?

आन्दोलित हुँदै सहकारीका सञ्चालक

ताजा समाचार

  1. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
  2. स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’
  3. सरकारी कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?
  4. आन्दोलित हुँदै सहकारीका सञ्चालक
  5. फुकोट कर्णालीको ५१ प्रतिशत सेयर भारतीय कम्पनीलाई
  6. नेपाल सरकार र मिटरब्याज पीडितबीच आज वार्ता हुदै
  7. आज राष्ट्रिय सभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची

विजनेश फोकस

आन्दोलित हुँदै सहकारीका सञ्चालक

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन...

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड तथा म...

गुराँस लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधार...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.