धनकुटामा राजेन्द्र अघि बढ्दै सुनील पछ्याउँदै

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत धनकुटामा मतगणना जारी छ । पछिल्लो परिणामानुसार प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले)का उमेदवार राजेन्द्र राईको अग्रता कायम छ ।

राई निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार सुनीलबहादुर थापाभन्दा एक हजार १३८ मतान्तरले अगाडि छन् । अहिलेसम्म राईले पाँच हजार ५११ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उमेदवार थापाले चार हजार ३७३ मतसहित पछ्याइरहेका छन् ।

यहाँ स्वतन्त्र उमेदवार हेमराज भण्डारी एक हजार ५४३ मतका साथ तेस्रो स्थानमा छन् ।

जिल्लाका कुल ६० मध्ये ११ वडाको मतगणना भइसकेको छ । अहिले महालक्ष्मी नगरपालिका र चौबिसे गाउँपालिकाका विभिन्न वडाको मतगणना भइरहेको छ । नौ वडा रहेको महालक्ष्मी नगरपालिकाका एकदेखि पाँच वडासम्मको मत गणना भइसकेको छ । चौबिसेको आठमध्ये एकदेखि ६ वडाको मतगणना भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *