

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रतिनिधिसभा सदस्य पदमा विजयी हुने निश्चित भएको छ । उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट निर्वाचित हुने पक्का भएको हो ।
गएको आइतबार भएको निर्वाचनको मतगणना जारी छ । अब उनको निर्वाचन क्षेत्रको अन्तिम वडा अर्थात् काठमाडौं महानगरपालिका–३० को मत गन्न बाँकी छ ।
पछिल्लो परिणामानुसार थापा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार राजन भट्टराईभन्दा पाँच हजार ९५२ मतान्तरले अगाडि छन् । अब काठमाडौं–३० को चार हजार ८८१ मत मात्र गन्न बाँकी छ । अर्थात्, गन्न बाँकी पूरै मत भट्टराईलाई गए पनि थापा विजयी हुने देखिन्छ । यो थापा बसोबास गर्ने क्षेत्र र मतदान गर्ने वडा हो ।
हालसम्म थापाले १८ हजार ९७५ मत पाएका छन् । भट्टराईले भने १३ हजार २३ मत ल्याएका छन् ।
Artha Sanjal
अर्थ सन्जाल