अछाम क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । चौरपाटी गाउँपालिका–१ र रामारोशन गाउँपालिका–१ बाट मतगणना सुरु गरिएको हो । जम्मा मतदाता सङ्ख्या ७९ हजार ३६ रहेको क्षेत्र नं १ मा ४१ हजार छ सय ४३ मत खसेको थियो ।
लोकतान्त्रिक–वाम गठबन्धन दल नेकपा(एकीकृत समाजवादी) पार्टीको कलम चिह्नमा निवर्तमान श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर उम्मेदवार हुनुहुन्छ भने नेकपा (एमाले)को सूर्य चिह्नमा झपट रावल, नेपाली कांग्रेसका बागी उम्मेदवार राजन कुँवर पुतली चिह्न लिएर उम्मेदवार हुनुहुन्छ ।
Artha Sanjal







