हुम्लाको डाँफे मतदान केन्द्रमा दुई समूहबीच झडप

हुम्लाकाे डाँफे आधारभूत विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको छ । सत्ता गठबन्धनकै युवाको दुई समूहबीच झडप हुँदा मतपेटिका समेत फुटेकाे मतदान अधिकृत साजन ऐडीले जानकारी दिए ।

झडप सुरक्षाका लागि खटिएका एक जना प्रहरी सहायक निरीक्षक (असई) घाइते समेत भएका छन् । एक पक्षले अर्कैको नाममा भोट खसालेपछि विवाद सिर्जना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *