

आमनिर्वाचनमा शीर्ष नेताहरुले आफू मतदाता रहेको क्षेत्रबाट मतदान गरेका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुरा पुगेर मतदान गरेका छन् ।
उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोला पुगेर मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पनि हुन् ।
मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भावी प्रधानमन्त्रीका विषयमा अहिले बोल्न नमिल्ने प्रतिक्रिया दिए । अबको प्रधनमन्त्री को हो ? भन्ने प्रश्नमा प्रधानमन्त्री देउवाले आचार संहिता लाग्छ भन्दै ‘ठट्टा’ गरेका हुन् ।
यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गरेका छन् । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका ओलीले भक्तपुर क्षेत्र नम्बर २ स्थित बालकोटको महेन्द्र शान्ति मावि मत
दान केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछि ओलीले मंसिर १५ भित्र एमालेले बहुमतको सरकार बनाउने दाबी गरेका छन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनमा मतदान गरे । त्यसपछि उनी उम्मेदवार रहेको क्षेत्र गोरखा–२ पुगेका छन् ।
अर्थ सन्जाल