सांग्रिला कल सेन्टरको रुपमा ‘सांग्रिला कष्टुमर केयर’ संचालनमा

काठमाडौं । सांग्रिला डेभेलपमेन्ट बैंक लि. ले कल सेन्टरको रुपमा सांग्रिला कष्टुमर कल सेन्टर इकाइको सुरुवात गरेको छ ।

बैंकले उक्त कल सेन्टरको रुपमा स्थापित सांग्रिला कष्टुमर केयरबाट प्रवाह हुने सेवाले ग्राहकहरुका विभिन्न जिज्ञासाहरु सहज तरिकाले समाधान गर्नेमा विश्वस्त रहेको उल्लेख गरेको छ ।

सांग्रिला कष्टुमर केयर इकाईको मुख्य उद्देश्य आफ्ना ग्राहक तथा सम्वन्धित व्यक्तिहरुको जिज्ञासा, पर्न गएको असुविधा र द्विविधाहरु तथा विभिन्न किसिमका प्रश्नहरुको समाधान गर्नु हो ।

यस सम्वन्धि कार्यको लागि तोकिएको फोन नं.०१–५९७००५२, ९८६३५८९००० मार्फत बैंकको सांग्रिला कष्टुमर केयरमा सम्पर्क राखी सहज तरिकाले आफ्ना बैंक सेवा संग सम्वन्धित समस्याहरु समाधान गर्न सक्ने बैंकले जनाएको छ ।

ग्राहक तथा सम्वन्धित व्यक्तिहरुले बैंकको विदाको दिन बाहेक यस सम्वन्धि सेवा आइतवार देखि बिहीबार बिहान ९ः ३० देखि बेलुका ५ः३० सम्म र शुक्रबार ९ः ३० देखि दिउँसो ३ः३० सम्म लिन सक्नेछन् ।

तोकिएको फोन नं.०१–५९७००५२, ९८६३५८९००० मार्फत सांग्रिला कष्टुमर केयरमा सम्पर्क राखी बैंकको बचत तथा मुद्दति खाताका व्याज दर, एटिएम, मोवाइल बैकिंङ,इन्टर्नेट बैकिंङमा देखिएका विभिन्न समस्याहरुका समाधान उपयाहरु, बैंकको हरेक सन्ध्याकालिन तथा विदाका दिन बैंक खोल्ने समय तालिका, बैंकको शाखा कार्यालय भएका स्थान र सम्पर्क नं, कर्जा तथा निक्षेप सम्वन्धि जानकारी लगायतका आफ्ना जिज्ञासाहरु यस सेवा मार्फत प्राप्त गर्न सकिने सक्ने बैंकले जनाएको छ ।

यस इकाइको शुरुवात भए प्रश्चात ग्राहक माहानुभावहरुले घर आँगनमै बसी फोन मार्फत नै बैंक सम्वन्धित हरेक जिज्ञासा सजिलो संग प्राप्त गर्न सकिने भएकाले यस बाट धेरै ग्राहकहरुले सुविधा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । यदि ग्राहकको फोन कल मिस भएमा वा सम्पर्क हुन नसकेको अवस्थामा समेत यस सांग्रिला कष्टुमर केयर इकाइका कर्मचारीहरुले पुन ग्राहकवर्गलाई कल व्याक गरी उनीहरुको समास्याहरुबारेमा जानकारी लिई समस्याको समाधान गरिरहेको व्यहोरा जानकारी गराइन्छ ।

यदि कुनै समस्या सांग्रिला कष्टुमर केयर इकाइबाट समाधान हुन नसकेको खण्डमा सम्वन्धित विभागहरु द्वारा सम्वन्धित ग्राहकवर्गलाई सम्पर्क राखी उक्त समस्याको समाधान गरिदिने व्यवस्था समेत मिलाइएको व्यहोरा अवगत गराइन्छ । दैनिक रुपमा सयौंको संख्यामा यस सांग्रिला कष्टुमर केयरमा आएका कलहरुको प्रतिक्रिया, सोधपुछ र जिज्ञासाहरुलाई पूर्ण रुपले समाधान गर्दै आएको छ ।

बैंकको नेपालभरमा जुनसुकै शाखा कार्यालय मार्फत सेवा लिएका ग्राहकहरुले केन्द्रमा रहेको यस सांग्रिला कष्टुमर केयर मार्फत आफ्नो जिज्ञासाहरुको छिटो र सजिलो माध्यमबाट समाधान गर्न सक्ने बैंकले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *