काठमाडौं । आज (बिहीबार) तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
सार्वजनिक लेखा समितिको बैठक, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको हो ।
आज बिहान ८ः३० बजे बस्ने विद्युतीय सवारी साधनको भन्सार जाँचपास सम्बन्धमा हालै उठेका प्रश्नउपर छलफल हुने कार्यसूची छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ८३० बजे बस्ने भएको छ ।
बैठकमा अघिल्ला बैठकको निर्णय कार्यान्वयन प्रगति जानकारी सम्बन्धमा, लागु औषध नियन्त्रण ब्यूरोको चालु आ.व. २०८२÷८३ को हालसम्मको कार्य प्रगति एवम् आगामी कार्ययोजना सम्बन्धमा र उपसमिति गठन गर्ने सम्बन्धमा र समितिको कार्यक्षेत्रमा पर्ने विभिन्न निकायहरूको स्थलगत अनुगमन गर्ने सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
बिहान ९ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा सामाजिक परिचालिकाहरुको व्यवस्थापन सम्बन्धमा तथा विविध विषयमा छलफल हुने छ ।






