भियतनामको राजधानी हनोईमा बनेको होटल पूर्णतया सुनले बनेको कारण चर्चामा छ । बाहिर संरचनामात्रै होइन, यो होटलको कोठाभित्र ट्वाइलेट सिट ऐनामा सुनको फ्रेमिङ छ ।
होटलमा रुम बुकिङ करीब ९ हजार रुपैयाँबाट शुरू भएको छ । डोल्स नामक यो होटल भियतनामको राजधानी हनोईको उत्तरमा अवस्थित छ।
यस पाँचतारे होटलबाट सम्पूर्ण शहरको मनोरम दृश्य देख्न सकिन्छ। यस होटलमा रेष्टुरेन्ट, फिटनेस सेन्टर, बार, लाउन्ज र बिजनेस सेन्टर जस्ता अत्याधुनिक सुविधा रहेको डेलीस्टारको रिपोर्टमा उल्लेख छ ।
यसबाहेक २४ सै घण्टा मुद्रा परिवर्तनको सुविधा र रुम सर्भिसको सुविधा पनि उपलब्ध छ । यस होटलका कर्मचारीहरूले अंग्रेजी सहित ६ भाषाहरू बोल्ने ग बताइएको छ । एजेन्सी
Artha Sanjal






