नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले ९१ दिनको अवधिको लागि २ अर्ब २३ करोड ३२ लाख रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल फागुन ९ गते परिपक्क हुनेछ ।
बैंकले १८२ दिनको अवधिको लागि १२ अर्ब ४७ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०८० साल जेठ ९ गते परिपक्क हुनेछ ।
बैंकले ३६४ दिनको अवधिका लागि ११ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०८० साल मंसिर ५ गते परिपक्क हुनेछ ।
Artha Sanjal






