एनएमबि बैंकले सिफेमबाट सवा १ करोड अमेरिकी डलरको ऋण ल्याउँदै

एनएमबि बैंकले स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम) सँग १ करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने सम्झौता गरेको छ ।

सिफेमबाट पहिलो पटक नेपालमा लगानी भित्राउने गरी भएको यो सम्झौतामा सिफेम र स्वीस सरकार विकास सहयोग एसडिसिबीचको सहकार्यको महत्वपूर्ण भूमिका रहेको बैंकले जनाएकाे छ ।

बैंककाे अनुसार सिफेमबाट प्राप्त यस कर्जाको लागि एसडिसी ले सिफेमलाई जोखिम बाँडफाको आधारमा सुविधा प्रदान गरेको छ । यस सम्झौताले एनएमबि बैंकको लगानीको स्रोतहरुलाई विविधिकरण गर्दै दिगो विकास गर्ने प्रतिवद्धतालाई पुनः पुष्टि गर्ने र विशेष गरी वर्तमान बजार परिदृश्यमा यस सम्झौताको सान्दर्भिकता अझै महत्वपूर्ण हुने बैंकले जनएकाे छ ।

सिफेमबाट बैंकले प्राप्त गरेको कर्जा रकम बैंकले मुख्यतः लघु साना तथा मझौला उद्यमहरुलाई कर्जा प्रदान गर्न र वित्तिय पहँच अभिवृद्धि गर्न, वित्तिय क्षेत्रको विकासमा योगदान पुग्ने, रोजगारी बृद्धिमा सहयोग र स्थानिय अर्थव्यवस्थामा सहजता बढाउन सहयोग पुग्ने क्षेत्रहरुमा लगानी गर्ने जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *