नयाँ ब्रोकर र स्टक एक्सचेन्जको लाइसेन्स खुलाउने निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकर लाइसेन्सको आवेदनको खोल्ने निर्णयको फाइल झिकाउन आदेश दिएको छ।

न्यायधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयालको संयुक्त इजलासले आज कात्तिक २९ गते विपक्षहरुको नाममा उक्त निर्णयको फाइल झिकाउन आदेश दिएको हो।

गत कात्तिक ४ गते सर्वोच्चले स्टक र ब्रोकर कम्पनीकोे लाइसेन्स वितरण गर्ने प्रक्रिया विरुद्ध परेको रिटमा सुनुवाइ गर्दै प्रक्रिया तत्काल स्थगित गर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो। जसको अदालतले कार्तिक २२ गते दुबै पक्षलाई बोलाएको थियो ।

जसकारण उक्त मुद्धामा कात्तिक २९ गते सुनुवाइ भएको हो । जसमा न्यायाधिश विश्रम्भर प्रसाद श्रेष्ठ र हरिप्रसाद फुँयालको इजलासले स्टक र ब्रोकर थप गर्ने प्रक्रियाको निर्णयका सम्पुर्ण कागजात र विवरणहरु सक्कल पेश गर्न आदेश दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *