नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले नगद लाभांश तथा साधारण सभा प्रयोजनका लागि मंसिर ०१ गते शेयर दाखिल खारेज बन्द (बुकक्लोज) गर्ने भएको छ । तसर्थ, आज कार्तिक ३० गतेसम्म कारोबार गरी कायम हुनआएका शेयरधनीहरु उक्त नगद लाभांशका लागि योग्य हुनुका साथै साधारण सभामा भाग लिन पाउने छन् ।
निफ्राले यहि २०७९ साल मंसिर १० गते शनिबार (तद्नुसार २६ नोभेम्बर २०२२) का दिन बिहान ९:०० बजे अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौंमा आफ्नो चौथो बार्षिक साधारण सभा डाकेको छ ।
साधारण सभामा कम्पनीले आर्थिक बर्ष २०७८/७९ को अन्त्यसम्मको वितरण योग्य मुनाफाबाट चुक्ता पूँजी रु २१ अर्ब ६० करोडको ४.२१०५% नगद लाभांश (कर सहित) दिने प्रस्ताव अघि सारेको छ ।







