अमेरिकामा फुटबल टोली चढेको बसमा गोली प्रहार, ३ जनाको मृत्यु

काठमाडौं । अमेरिकाका फुटबल टोली चढेको एक बसमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

युनिभर्सिटी अफ भर्जिनियाको फुटबल टिममाथि गोली प्रहार भएको हो । आइतबार बेलुकी फिल्डबाट फर्किरहेको टोलीमाथि विश्वविद्यालय परिसरभित्रै गोली प्रहार भएको र तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

गोली प्रहारमा संलग्न भएको भन्दै एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार गोली प्रहारको कारण खुलेको छैन र घटनाको अनुसन्धान जारी छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *