गरिमा विकास बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा तथा सेयर प्रिमियमबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५०१.८९ रुपैयाँको कुल १४.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५ प्रतिशत नगद लाभांश छन्।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयधनीमा वितरण हुनेछ ।
हाल गरिमा विकास बैंकले करिव ७१ अर्ब निक्षेप संकलन गरी ६३ अर्ब कर्जा प्रवाह गरेको छ भने नेपालभर सातवटै प्रदेशमा रहेका १२० शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर, ५१ एटीएम एवं डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित तथा गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ ।






