चन्द्रागिरी हिल्स नाफामा, प्रतिसेयर आम्दानी पनि बढ्यो

चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा कम्पनीको नाफामा रहेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ३७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो।

कम्पनीको सञ्चालन आम्दानी बढेसँगै खुद नाफा धनात्मक हुन पुगेको हो।

असोज मसान्तसम्म कम्पनीको सञ्चालन आम्दानी ६९.२० प्रतिशतले १८ करोड ६४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाको यस्तो आमदानी ८ करोड ७२ लाख रुपैयाँमा सीमित थियो ।

कम्पनीको कुल आम्दानी ८७.१७ प्रतिशत बढेर १६ करोड ३२ लाख रुपैयाँ पुगेको छ भने कम्पनीको अन्य आम्दानी २५८.६७ प्रतिशत बढेर ८ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको ईपीएस पनि बढेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ६ रुपैयाँ १९ रुपैयाँ ऋणात्मक रहेको कम्पनीको ईपीएस, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३ रुपैयाँ ४२ पैसा धनात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७५ रुपैयाँ १४ पैसा रहेको छ।

हाल चुक्ता पुंजी एक अर्ब ५३ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा भने ३८ करोड १३ लाख रुपैयाँ ऋणात्मक छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *