धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
असोज मसान्तसम्म आइपुग्दा संस्थाको खुद नाफा ५३.२० प्रतिशतले घटेर ४५ लाख ५५ हजार रुपैयाँमा खुम्चिएको छ । गत वर्षको सोही अवधिमा संस्थाले ९७ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा घटेको र कम्पनीले सम्भावित जोखिमा बापतको व्यवस्थापनमा धेरै रकम छुट्याएकाले नाफा घटेको हो ।
असोज ससान्तसम्म यसको सञ्चालन नाफा ८८.०७ प्रतिशतले घटेर १२ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । गत वर्ष उक्त नाफा १ करोड ४ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, खुद ब्याज आम्दानी पनि ४.७० प्रतिशतले घटेर २ करोड २३ लाख रुपैयाँ पुगेको छ । असोजसम्ममा १ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ कर्जा विस्तार गरेको यसले ६७ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
हाल चुक्ता पुँजी १० करोड ३१ लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा ६ करोड ५८ लाख रुपैयाँ जम्मा भएको छ ।
असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६७ पैसा कायम भएको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ८३ पैसा छ । यसको निष्कृय कर्जा अनुपात बढेर ५.८७ प्रतिशत पुगेको छ । संस्थाले साउनमा मात्रै आइपीओ निष्काशन गरेको थियो ।






