नेप्सेमा एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड-२का इकाइहरु सूचीकृत

एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२का इकाइहरु आज नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको छ।

यो योजनाका इकाइहरु सूचीकृत गर्न नेप्से र योजना व्यवस्थापक एनएमबि क्यापिटलबीच सूचीकरण सम्झौता भएको हो। जसअनुसार एनएमबि सुलभ इन्भसेस्टमेन्ट फन्ड–२का १० रुपैयाँ अंकित दरका कुल १२ करोड २१ लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ।

नेप्सेमा कुनै पनि धितोपत्र सूचीकरण सम्झौता भएको दोस्रो दिनबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउँछ। त्यसैले यो योजनाका इकाइहरु पनि भोलि बिहीबारबाट कारोबारमा आउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *