मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा आज हुँदैछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा अपरान्ह ४ : ३० बजे हुने छ ।
सभाले आईपीओ निष्काशन गर्ने मुख्य एजेन्डा पारित गर्नेछ । सभाले आव २०७८/ ७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ
त्यसैगरी, सभाले आव २०७९ / ८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।







