५ वर्ष पुरानो लाभांश लिन सेयरधनीलाई नेरुडे लघुवित्तको आग्रह

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई गद लाभांश भुक्तानी नलिएका सेयरधनीहरुलाई भुक्तानी लिँ आउँ आग्रह गरेको छ ।

लाभांश वितरण भएको ५ वर्ष बितिसक्दा पनि कतिपय सेयरधनीले बैंकबाट लाभांश लिन सकेका छैनन् । लाभांश दाबी नगर्ने
लगानीकर्ताले आफ्नो सेयर प्रमाणपत्र र परिचय पत्र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, टेकु, काठमाडौमा आफ्नो लाभांश दाबी गर्न आवश्यक कागजातको प्रतिलिपिसहित ३५ दिन भित्र बुझाउनुपर्नेछ।

संस्थाले आर्थिक वर्ष २०६६–६७, २०६७–६८, २०६८–६९, २०७०–७१ र २०७२–७३ को नगद लाभांश सेयरधनीले लिन नआएपछि सूचना जारी गरेरै लिन बोलाएको हो ।

अन्यथा, कम्पनी ऐन, २०६३ को दफा १८३ बमोजिम असुल नगरिएको लाभांश “लगानी संरक्षण कोष” मा जम्मा गरिने संस्थाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *