नेष्डो समृद्ध लघुवित्तको नाफा ११.३० प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता छन् ?

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

असोज मसान्तसम्म संस्थाको खुद नाफा ११.३० प्रतिशतले बढेर ५ करोड ६४ लाख ६२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा संस्थाले ५ करोड ७ लाख रुपैयाँ रहेको थियो ।

संस्थाको खुद ब्याज आम्दानी १०.५३ प्रतिशतले बढेर ९ करोड ९८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ९ करोड २ लाख रुपैयाँ रहेको थियो ।

संस्थाको सञ्चालन नाफा ११.३० प्रतिशतले बढेर ८ करोड ९६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो नाफा ८ करोड ५ लाख रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा ६३ करोड ७ लाख ४५ हजार रुपैयाँ सञ्चित रहेको छ । नेष्डोको प्रतिसेयर आम्दानी आकर्षक देखिएको छ । पहिलो त्रैमासको अन्त्यसम्ममा प्रतिसेयर आम्दानी (वार्षिक) ८८ रुपैयाँ ५६ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ३४७ रुपैयाँ ३२ पैसा छ ।

असोज मसान्तसम्म संस्थाले ४० करोड ८३ लाख रुपैयाँ सापटी लिई २ अर्ब ५५ करोड २५ लाख रुपैयाँ निक्षेप संकलन र ४ अर्ब ७० करोड ५६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *