

पाँचथर पावर कम्पनी लिमीटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारणसभा आगामी पुस १८ गते काठमाडौंको बत्तीसपुतलीस्थित होटल इम्पेरियममा बिहान ११ बजेसुरु हुनेछ ।
साधारणसभाले चुक्तापूँजीको ७ प्रतिशत(करसहित) नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावउपर छलफल गरी पारित गर्नेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ७ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ पुस ६ गतेसम्म कायम कम्पनीका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन, साधारणसभामा सहभागी हुन पाउनेछन् ।
Artha Sanjal
अर्थ सन्जाल