सेयर बजारमा हरियाली, नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

साताको पहिलो कारोबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । सेयर दिन सेयर बजार २.२५ प्रतिशतले बढेको छ ।

आइतबार सेयर बजार कारोबार मापक नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ बिन्दुमा उक्लिएको छ ।

यता, ठूला तथा बलिया कम्पनीको कारोबर मापक सेन्सेटिभ परिसूचक पनि ८.०९ अंकले बढेर ३८७.५२ बिन्दुमा रोकिएको छ ।

कारोबार अवधिभर २२८ कम्पनीको ३९ लाख १३ हजार ५७३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६१ रुपैयाँको कारोबार भएको छ।

कुल १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक अन्य सबै सूचकमा हरियाली छाएको छ । आज फाइनान्स, लघुवित्त र अन्य समूहमा लगानीकर्ता आकर्षित भएका छन् ।

आज १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १ कम्पनीको मात्र सेयर मूल्य घटेको छ ।

यस दिन बम्पर लाभांश घोषणा गरेको जाल्पा सामुदायिक लघुवित्तसहित मानुषी लघुवित्त, नेष्डो समृद्ध लघुवित्त र उपकर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *