एशियन पेन्ट्सको गोदामबाट मिति सकिएका ८००० टन रङको डिब्बा नियन्त्रणमा

एशियन पेन्ट्स नेपालको गोदामबाट मिति सकिएका ८००० टन थान थान  रङ्गको डिब्बा नियन्त्रणमा लिएरङ्ग छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनको क्रममा एशियन पेन्ट्स नेपालको गोदामबाट उपयोग मिति सकिएका रङ्गको डिब्बा र डिब्बामा रहेको लेबल हटाई नयाँ मिति र मूल्य सहितको स्टिकर टाँसेर रिलेवलिङ् गरी बिक्रीका लागि बजार लैजान तयारी अवस्थामा रहेको रंगको डिब्बा नियन्त्रणमा लिएको हो ।

काठमाण्डौंको सतुङ्गल र ललितपुरको बालकुमारी स्थित गोदाममा राखिएका उल्लिखित रङ्गको बजार मूल्य करिब १ करोड २० लाख रुपैयाँको रहेको विभागले जनाएको छ।

उपयोग अवधी गुज्रेका तथा वास्तविक मूल्यलाई मेटेर बढी मूल्य सहित रिलेवलिङ् गरिएका उक्त कम्पनीका रङ्ग बजारमा बिक्री भएको पाईएपछि विभागले कम्पनीको उपत्यका स्थित २ वटा गोदाममा एकै पटक अनुगमन गरेको थियो । सो क्रममा अवैध रूपमा बिक्रीका लागि बजारमा पठाउन राखिएका रङ्लाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएको रङ्लाई हाल विभागको बबरमहल स्थित कार्यालय परिसरमा सुरक्षित राखिएको छ । रङ्गको अवैध बिक्री वितरण गर्दै आएको एशियन पेन्ट्स नेपाललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारवाही गर्नुका साथै नियन्त्रणमा लिईएको रङ्लाई आवश्यक कानूनी प्रकृया पुरा गरि नष्ट गरिने विभागले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *