बैंकले लाभांश प्रस्ताव पारित गर्न २९ पुसमा साधारणसभा बोलाएको छ । सभा होटल हार्दिक, बागबजार काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।सभामा बैंकले आठ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाहमा छलफल हुनेछ । त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका एजेण्डा छन् ।