चुनावअघिको अन्तिम कारोबार दिन नेप्सेमा ३८ अंकको वृद्धि, ६ अर्ब २३ करोड माथिको कारोबार

काठमाडौं । आज चुनाव अघिको अन्तिम कारोबार दिन नेप्से बढेको छ । नेप्से परिसूचक ३८.५२ अंकले बढेर २७१२.४९ को विन्दुमा बन्द भएको छ ।

आज ३२९ कम्पनीको शेयर किनबेच हुँदा ६ अर्ब २३ करोड माथिको शेयर कारोबार भएको छ । आज २५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २७ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको २४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.८९ प्रतिशतका दरले कमाएका छन् । रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले ९.८२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै शुवम पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले २ प्रतिशतका दरले गुमाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *