अंग्रेजी नयाँ वर्षमा आइएमईले ल्यायो उपहार, जितौँ हजारौँ हजार

आइएमई नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार भन्ने मुल नाराका साथ आइएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा सेवाग्राहीमैत्री स्किम सार्वजनिक गरेको छ ।

स्किम अनुसार सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत ४ देशहरुवाट ४ जना साप्ताहिक विजेता छनोट गरिनेछ । यसरी छनोटमा परेका प्रति सेवाग्राहीले रू. १० हजार उपहार स्वरूप प्राप्त गर्नुहुनेछ ।

त्यस्तै बम्पर उपहार योजनामा पनि सोही देशहरुबाट ४ जना भाग्यशाली विजेताहरु छनोट गरिनेछन् । यसरी छनोटमा परेका प्रति सेवाग्राहीले रू. ४० हजार बम्पर उपहार स्वरूप प्राप्त गर्नुहुनेछ ।

कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आइएमई मार्फत नेपाल पैसा पठाउने सेवाग्राहीहरु यो योजनामा सहभागी बन्न पाउनुहुनेछ । उक्त योजना २३ डिसेम्बर २०२१ देखि ४ फेबुअरी २०२२ (८ पुष देखि २१ माघ २०७८) सम्म गरी जम्मा ४३ दिन अर्थात ६ हप्तासम्म कायम हुनेछ ।

विजेताहरुको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिनेछ भने सो सम्बन्धि जानकारी कार्यालयका आधिकारिक सामाजिक संजाल र वेभ पेजहरूका अतिरिक्त आम संचार माध्यम मार्फत सार्वजनिक गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *