मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग प्रयोगकर्ताहरुको सुविधालाई मध्यनजर गर्दै ओम्नीच्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्गएप ‘मेगा स्मार्ट बैंकिङ’ वा वेब URLhttps://bankxp.megabank.com.np को माध्यमबाट समेत प्रयोग गर्न मिल्ने जानकारी गराएको छ ।डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षिततथाउत्कृष्ट बनाउँदै बैंकमाखाताभएकाएवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक नगद निकाल्न÷पठाउन मोवाइल क्यास, रकम जम्मा गर्न मोवाइल भौचर लगायतका सुबिधा समेत थप गरेको छ । साथै, बैंकले समान रुपमा डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले मेगा स्मार्ट बैंकिङ्ग मोबाइल एपको पनि स्तरोन्नति गरेको छ ।
mVoucher को प्रयोग गरी मोबाइलबाटै डिपोजिट भौचर भर्न सकिने, mCash को माध्यमबाट प्रयोगकर्ताहरुले एसएमएसमा कोड पठाएर तुरुन्तै नगद भुक्तानी दिन तथा लिन सकिने, मोबाइलबाटै बैंकका कर्मचारीहरुसँग भेट्ने समय सुनिश्चितगर्न सकिने, क्यूआर कोडको माध्यमबाट नगद निकाल्न सकिने तथाअन्य धेरै नयाँ विशेषताहरु रहेको बैंकका डिजिटल तथा ई–बैंकिङ प्रमुख विश्व सिंहले जानकारी दिनुभयो ।
मेगा स्मार्ट बैंकिङ्ग मोबाइल एपको स्तरोन्नति भएसँगै बैंकका ग्राहकहरुले बैंकका सेवाहरु सम्बन्धि जानकारी, आफ्नो खाताको विस्तृत विवरण, मुद्दति खाता खोल्न, कार्ड आवेदनगर्न, रकमान्तर गर्न, क्यूआर कोडमार्फत भुक्तानी गर्न, अनलाईन रकम भुक्तानी गर्नका साथै डिजिटल बैंकिङ सम्बन्धी समस्या परेमाउजुरी दिन सक्ने जस्ता सेवाहरुको लाभ मोबाइल बैंकिङ्गएप र वेबको माध्यमबाट उठाउन सक्नेछन् ।
त्यसैगरी बैंक खाता नभएका प्रयोगकर्ताहरुले आफै रजिष्टर गरी अनलाइन बाट नै खाता खोल्न पाउनुका साथै बैंकले प्रदान गरिरहेका डिजिटल सेवाहरुको प्रयोग गर्न र जानकारी पाउन सक्नेछन् ।
‘डिजिटलाइज्ड बैंक’ का रुपमा अघि बढिरहेको मेगा बैंकले ग्राहकलाई आफ्नै घरमाबसी भिडियोमार्फत कुराकानी गरी खाता खोल्ने सुविधासहित नेपालमै पहिलो ‘भिडियो अकाउन्ट ओपनिङ सिस्टम’, ‘च्याटबट’, टिक बैंकिङ जस्ता सेवा संचालनमा ल्याइसकेको छ ।
पुराना प्रयोगकर्ताहरुले मेगा स्मार्ट बैंकिङ एपलाई अपडेट गरी तथा नयाँ प्रयोगकर्ताहरुले एप स्टोर वा प्लेस्टोरबाट मेगा स्मार्ट बैंकिङ एपलाई डाउनलोड गरी नयाँ सेवाहरूको लाभ लिन सक्नेछन् ।
बैंकको यस स्तरोन्नत्तिसँगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोवाइलवा कम्प्यूटरका माध्यमबाट घरमै बसेर विभिन्न बैंकिङ सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।