आयातमा लागेको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बियो

सरकारले महँगा गाडी लगायतका विलासिताका वस्तुको आयातमा लगाइएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले महँगा गाडी, मोटरसाइकल, मोबाइल, मदिरालगायतका वस्तुको आयातमा लागेको प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा लागेको प्रतिबन्धलाई निरन्तरता दिन सिफारिस गरेको थियो।

अब जिप, भ्यान, कार, १५० सीसी माथिका मोटरसाइकल, ३०० डलरभन्दा बढीका स्मार्ट फोन र विदेशी मदिराको आयातमा मंसिर मसान्तसम्म प्रतिबन्ध लागेको छ।

मन्त्रालयका अनुसार २ सय डलरभन्दा बढी मूल्यका सेल फोन (मोबाइल सेटको आयातमा समेत कडाइ जारी राख्ने भएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार अर्थ मन्त्रालयले अझैपनि विदेशी मुद्राको सञ्चितिमा सुधार आउन नसकेको र दबाब कायमै रहिरहेको भन्ने सुझावका आधारमा विभागले अत्यावश्यक बाहेक अतिरिक्त वस्तुको आयात प्रतिबन्ध कायमै राख्ने निर्णय गरेको हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *