राष्ट्र बैंकले ३० अर्ब दिँदा बैंक तथा वित्तीय संस्थाहरुले मागे साढे ४१ अर्ब

बैंकिङ प्रणालीमा देखिएको तरलताको समस्यम हटाउन नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँबराबरको रिपो जारी गरेकोमा बैंक तथा वित्तीय संस्थाहरुबाट साढे ४१ अर्ब रुपैयाँको माग भएको छ ।

तरलता व्यवस्थापन गर्न तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले हिजो बिहीबार ३० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो । जसमा १६ बैंक तथा वित्तीय संस्थाहरुले ४८ आवेदनमार्फत ४१ अर्ब ५५ करोड रकम माग गरेका छन् ।

केन्द्रीय बैंकका अनुुसार न्यूनतम ८.३००० प्रतिशत र अधिकतम ८.५२०० प्रतिशत ब्याजदरमा बैंकहरुले आवेदन गरेका हुन्। यद्यपि उक्त रिपोको औसत ब्याजदर ८.४४५७ प्रतिशत कायम भएको छ।

बैंकिङ प्रणालीमा लगातार तरलता अभाव गहिरिरहेको छ। राष्ट्र बैंकले तरलता अभावको समस्यालाई हटाउन चालु आर्थिक वर्ष सुुरु भएयता रिपोमार्फत बजारमा १ खर्ब ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाएको छ। यो अवधिमा बैंकहरुद्वारा भने २ खर्ब ४४ अर्ब ७२ करोड रुपैयाँको रिपो माग भएको थियो।

केन्द्रीय बैंकले हालसम्म तीनपटक ७ दिने र २ पटक १४ दिने रिपो जारी गरेको छ। साउन १२ गते ३० अर्बको रिपो जारी गरेको राष्ट्र बैंकले भदौ २३ गते २० अर्ब, भदौ ३० गते २० अर्ब, माघ ७ गते २० अर्ब, असोज १३ गते ३० अर्ब र असोज २७ गते ३० अर्ब रुपैयाँबराबरको रिपो जारी गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *