सयपत्री हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

नेप्सेमा यो कम्पनीको कुल ३० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २१ लाख कित्ता, सर्वसाधारणको ६ लाख कित्ता र स्थानीयको ३ लाख कित्ता रहेको छ।

नेप्सेले यो कम्पनीलाई एसपीएचएल कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ६४.९६ रुपैयाँ र अधिकतममा १९४.८८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

कम्पनीको सेयर आगामी आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ। कम्पनीले गत साउन १३ गतेदेखि साउन १७ गतेसम्म आईपीओ बिक्री गरेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *