रुरु जलविद्युतको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

रुरु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज २६ गते अन्तिम दिन रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि असोज २७ गते बु्क क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, आज असोज २६ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आउँदो कात्तिक ४ गते १७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *