नारायणीले २९ पुसमा बोलायो साधारणसभा, हकप्रद सेयर निष्कासन मुख्य एजेन्डा

नारायणी डेभलपमेन्ट बैंकले पुनः शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्न २९ पुसमा वार्षिक साधारणसभा बोलाएको छ ।

बैंकले हाल प्रक्रियामा रहेको शतप्रतिशत हकप्रद निष्कासन गरेपछि कायम चुक्ता पुँजीको एक बराबर एक अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्न होटल सेन्ट्रल पार्क, सौराह, चितवनमा २०औँ वार्षिक साधारणसभा आह्वान गरेको हो । सभा बिहान साढे ११ बजे भौतिक तथा भर्चुअल दुवै माध्यमबाट आयोजना हुनेछ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार जिल्लास्तरीय विकास बैंकको चुक्ता पुँजी न्यूनतम ५० करोड बनाउनुपर्ने भएकाले सोही अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ ।

त्यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विसिजनमा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरू पारित हुनेछ।

साधारणसभा प्रयोजनका लागि बैंकले २० पुसमा एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यसर्थ, १९ पुससम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले बैंकको सभामा भा लिन सक्नेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *