प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं–४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र एमालेका राजन भट्टराईसँग प्रतिस्पर्धा गर्न १७ जना युवाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्रहरुको पहिलो नम्बरमा मनोज सापकोटाले मनोनयन दर्ता गराएका छन् ।
राजसस्था, हिन्दु राज्य पुनःस्थापना र संघीयता खारेजीको मुख्य एजेन्डालाई लिएर चुनावमा होमिएको उनले बताएका छन् । ‘२ बर्ष अघिदेखि काठमाडौं ४ मा स्वतन्त्र उम्मेदवारी दिन्छु भनेको थिएँ । आज बाचा पुरा गरेको छु’, सापकोटाले भनेका छन्, ‘सबैको सहयोग रहेमा चुनाव जितेर संसद भवनलाई नै व्यवस्था फाल्ने आन्दोलनको केन्द्र बनाउने छु ।’ उनी शिव सेना नेपालका मजदुर विभग प्रमुख समेत हुन् ।
सापकोटाले आफ्नो मुख्य प्रतिस्पर्धी गगन थापा र राजन भट्टराई नै भएको उल्लेख गर्दै मागेर देश चलाउँछु भन्ने पराधीन सोच भएकाहरुबाट मुलुक समृद्ध नहुने बताएका छन् । ‘मैले उनीहरुविरुद्ध चुनाव लड्छु भनेर तीन वर्ष पहिले नै भनेको थिएँ’, उनले भनेका छन्, ‘अब मागेर देश चलाउँछु भन्नेहरुबाट देश समृद्ध हुन सक्दैन ।भारतीय विस्तारवाद , एमसीसी, एसपीपी, नागरिकता विधेयक जस्ता बिदेशी हस्तक्षॆपका बिरुद्दमा जोडदार समर्थन गर्ने र मुलुककाे हितविरीत सन्धी–सम्झौता गर्ने नेताहरुलाई चाहिँ कुनै पनि हालतमा जित्न दिनु हुँदैन ।
राष्ट्र राष्ट्रियता,राष्ट्रिय एकता र देशको अटल स्वाभिमानका निमित्त सडक संघर्षमार्फत गर्विलो प्रतुती दिदै आएका सापकोटाले देशको र राजनीति समेत विदेशीको निर्देशनमा चलेको भन्दै अब देशभक्त युवाहरुले हस्तक्षेपकारी भूमिका निभाउनुपर्ने बताएका छन्। उनले देशमा सत्ता प्राप्तिका लागि गरिने असमान सन्धि सम्झौताले समग्र रास्ट्रको अस्तित्वनै धरापमा परेकोले आफुले बाध्यात्मक अवस्थामा उम्मेदवारी दिनुपरेको बताए ।
उनले भनेका छन्,: ‘आफ्नो गृह जिल्ला सिराहा भएपनि गगन थापा जस्ता निर्देशित र परिचालित व्यक्ति पुन: यो देशको नेतृत्वमा पुग्नु भनेको देशका लागि घातक हुने भएकाले मैले उनकै क्षेत्रबाट उमेद्वारी दिनुपरेको हो।’
अरुको इशारामा चल्नेहरुलाई सबक सिकाउनलाई भए पनि कम्तिमा एक पटक हराउन पर्ने सापकोटाको भनाइ छ । सापकोटा देशको हित विपरीतका विभिन्न राष्ट्रघाती सन्धी–सम्झौताको विरोधमा उत्रिँदा पटक पटक प्रहरी गिरफ्तारीमा समेत पर्दै आएका व्यक्ति हुन् । दुई वर्षअघि देखि काठमाडौं– ४ मा स्वतन्त्र उम्मेदवारी तयारी गरेका उनले सबैसँग सहयोगको अपील गरेका छन् ।







