राँचुलीका १३ जनाको शब फेला, २ अझै वेपत्ता

कालिकोटको तिलागुफा नगरपालिका –४ राँचुली गाउँमा मलामी गएका १५ जना बेपत्ताध्ये १३ जनाको शब फेला परेको छ । मृतक स्थानीय युवक हेमराज शाहीको मलामीमा गएका वडा ४ का वडा अध्यक्ष परबहादुर शाहीसहित १५ जना वेपत्ता भएका थिए ।

कर्णाली नदी र कुकुर खोलाको भाडीखोला घाटमा लाश दाहसंस्कार गर्दैगर्दा खोलामा ठूलो पहिरो आएपछि मलामी गएकाहरु बेपत्ता भएका थिए । कालिकोट प्रहरी कार्यालयका प्रहरी निरीक्षक नन्दवहादुर रावतको नेतृत्वमा उद्धारमा खटिएका टोलीले २ दिनपछि मात्रै १३ जनाको शव आज सोमबार फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रबक्ता शुवराज वमका अनुसार अझै २ जनाको खोजीकार्य जारी रहेको छ । प्रतिकूल मौसम र वर्षाले गर्दा कर्णाली राजमार्गको ठाउँ ठाउँमा पहिरो जाँदा खोजीकार्यमा समस्या आएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज फेला परेको शबमध्ये नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित तिलागुफा नगरपालीका वडा नंः ४ का वडा अध्यक्ष परवहादुर शाही, र सोही वडाका ६३  वर्षीय धनवहादुर शाही, ३६ वर्षिया छत्रबहादुर शाही, २८ वर्षिय खगेन्द्रबहादुर शाही, २३ वर्षिय भेषवहादुर शाही, ५५ वर्षिय  धनबहादुर शाही, ७६ वर्षिय अलि शाही, २३ वर्षिय खेमराज शाही, ५७ वर्षिय भानबहादुर शाही, ४१ वर्षिय मोतिलाल शाही, २४ वर्षिय नरेशबहादुर शाही, र २३ वर्षका प्रशान्त शाही रहेका छन् । मृतक सबै वडा ४ राँचुलीकै हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *