बरुण हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

बरुण हाइड्रोपावर कम्पनीले पुस २९ गते साधारण सभा गर्ने भएको छ । सभाले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी सभा आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुत्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गर्ने जानकारी गराएको छ ।

पुस १५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।  कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा आरबिबि मर्चेण्टलाई नियुक्त गरिसकेको छ । हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारीत भएर आवश्यक प्रक्रिया पुरा गरेर विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पापछिमात्र निष्कासन गर्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *