यस नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौँ वार्षिक साधारणसभा मिति २०७८ पौष ०६ गते (तदनुसार २१ डिसेम्बर २०२१) नेपाल एसबिआई बैंक लि.को केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा सम्पन्न भएको छ ।
उक्त सभाले कम्पनीको आ।व। २०७७÷७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आ.व. २०७७÷७८ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेका छ ।
उक्त साधारणसभाले आ.व. २०७८÷७९ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक समेत अनुमोदन गरेको छ ।