ग्रीन भेन्चर्सले कमायो ९.१९ करोड नाफा, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ९ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनी ९ करोड ७९ लाख रुपैयाँ घाटामा रहेको थियो ।

यही अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ९४ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीबाट ६० करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको थियो।

कम्पनीले विद्युत बिक्रीबाट आम्दानी गर्न थालेपछि यसको नाफा बढेको हो । चुक्तापुँजी ३ अर्ब १२ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ११ करोड १४ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४१ पैसामा रहेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ४२ पैसा नोक्सान रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ४३ पैसा छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *