साताको अन्तिम कारोबार दिन आज (शुक्रबार) सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
योसँगै प्रतितोला छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ।
बिहीबार सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाला सुन ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार १७० रुपैयाँ कायम भएको छ। बिहीबार तोला २५ रुपैयाँले बढेर चाँदी १ हजार १७० रुपैयाँ किनबेच भएको थियो।
Artha Sanjal






