हिमालयन बैंक र ट्राभल राइटबीच सहकार्य गर्ने सम्झौता

हिमालयन बैंक लिमिटेड र ट्राभल राइट प्रालि (भिस्तारा एयरलाइन्स)बीच आज असोज १३ गते एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भिसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रायोरिटी चेक इन सुविधा प्रदान गर्ने भएको छ ।

यस सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी र ट्राभल राइट (भिस्तारा एयरलाइन्स) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरज रिमालले बैंकका अन्य कर्मचारीहरुको उपस्थितिमा हस्ताक्षर गरेका छन्।

हाल बैंकले नेपालभरि फैलिएको कुल ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ एटीएम र ६ हजारभन्दा बढी पीओएस टर्मिनल्सबाट सेवा प्रदान गर्दै आएको छ। विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्रान्डहरु जस्तै– अमेरिकन एक्सप्रेस, मास्टरकाड, भिसा, युनियन पे, जेसीबी, डाइनरस डिस्कभर आदि आफ्नो नेटवर्कमा स्वीकार गर्ने हिमालयन बैंक नेपालको एकमात्र बैंक हो।

यसैगरी भिस्तारा एयरलाइन्स भारतभित्र तथा बाहिर गरी ३९ गन्तव्यमा आफ्ना ५० वटा वायुयानबाट दैनिक २५० भन्दा बढी उडानहरु सञचालन गर्दै आएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *