सानिमा बैंकले ल्यायो दसैँ र तिहारमा विशेष छुट

नेपालीहरुको महान चाड बडादसैँं र तिहारको अवसरमा सानिमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत वा अधिकतम रु. १०० सम्मको छुट प्रादन गर्नेछ।

यो योजना असोज १६ देखि असोज २२ गतेसम्म र कात्तिक ७ गतेदेखि कात्तिक १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागू हुने बैंकले जनाएको छ ।

यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रुपमा नगदको प्रयोग घट््ने बैंकको विश्वास छ।  सानिमा बैंकिको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा रहेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *