तरलताको अभाव टार्न राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बजारमा पठाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलताको अभाव टार्न रिपोमार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । लामो समयदेखि तरलताको अवस्था सुधार नभएपछि राष्ट्र बैंकले अल्पकालिन रूपमा तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम बजारमा पठाउन लागेको हो ।

त्यसका लागि राष्ट्र बैंकले आज दिउँसो अक्सन (बोलकबोल)का लागि बैंक तथा वित्तीय संस्थालाई आव्हान गरेको छ । उक्त रिपोको म्याद यही असोज २७ गते सकिनेछ ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले रिपो जारी गर्दै आएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *