काठमाडौं । गत भदौ २० देखि काठमाडौंको भृकुटीमण्डपमा ‘दशैँ जुत्ता मेला’ जारी छ । दशैँ सुरु भएसँगै जुत्ता मेलामा भिड बढ्न थालेको छ । मेलामा १० कम्पनीले २० वटा स्टल सञ्चालन गरेका छन्।
मेलामा शिखर सुज, हाइलाइफ, वान वर्ल्ड सुज, फुटस्टेप सुज, बोस सुज, बेम्बो सुज, एस लेदर लगायत आकर्षक र नयाँ/नयाँ डिजाइनका जुत्ता–चप्पल राखिएको छ।
यहाँ मेला अवलोकन गर्न तथा जुत्ता किन्न आउने बाक्लो भिड र चहलपहल रहेको छ । मेलाले दशैँ आएको झल्को दिइरहेको छ । बेच्नेलाई बेचेर भ्याइनभ्याइ छ भने किन्नेहरु जुत्ता छान्नमा नै व्यस्त देख्न सकिन्छ ।
मेलामा आकर्षण छुटसहित हरेक ब्रान्डका उत्पादनमा कम्तीमा ६ महिनाको वारेन्टी रहेको आयोजक बताउँछन् । उक्त मेला असोज १६ गतेसम्म चल्नेछ ।










