लाभांश पारित गर्न सिटिजन्स बैंकले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

सिटिजन्स बैंक इन्टरनेसनले १६औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले गरेको निर्णयानुसार उक्त सभा कार्तिक ४ गते अमृतभोग, कालिकास्थानमा विहान ११ बजे सभा बोलाएको हो।

सभाले बैंकका सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।

त्यसैगरी, सभामा बैंकले अन्य बैंकसँग मर्जरमा जान वा वैदेशिक साझेदारीमा जामनको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

साधारणसभा प्रयोजनको लागि बैंकले असोज २८ गते बुकक्लोज गर्ने भएकोले असोज २७ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *