एकैदिन १२०० ले बढ्यो सुनको मूल्य, प्रति तोला कति ?

नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एकैदिन १ हजार २०० रुपैयाँले बढेको हो ।  आज छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । यो दिन  छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार १७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार १४५ रुपैयाँमा किनबेच भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *